|

दैलेख : दैलेखमा भोलि (सोमबार) बिहान ८ बजे मतगणना शुरु हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार सोमबार बिहान ७ बजेको सर्वदलीय बैठकपछि ८ बजेदेखि मतगणना शुरु हुने जनाइएको हो।

२ प्रतिनिधिसभा तथा ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा दैलेखमा ६० प्रतिशत मत खसेको निर्वाचन कार्यालय दैलेखले जनाएको छ। 

निर्वाचन कार्यालय दैलेखले यहाँका ११ स्थानीय तहका १ सय ३९ मतदान स्थल र २ सय ७ मतदान केन्द्रमध्ये केही मतदान स्थल र मतदान केन्द्रका मत पेटिका भौगोलिक विकटताका कारण मतगणना स्थलमा ल्याउन असहज भएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.