|

काठमाडौं : काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सोमबार बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थाल्ने बताएका हुन्।

क्षेत्र नं. १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए। यो निर्वाचन क्षेत्रको मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा गरिँदैछ। 

यस्तै क्षेत्र नं. २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नं. ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नं. ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा मतगणाना गरिनेछ।  क्षेत्र नं. ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा र ६ नम्बरको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा गरिनेछ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मतगणना सुरु भएको छ। काठमाडौँ महानगरपालिका वडा नं. १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको हो। सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्। यहाँ प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अघि बढाइएको छ।

क्षेत्र नं. ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नं. ९ को रविभवनस्थित न्याथम कलेज र काठमाडौँ क्षेत्र नं. १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.