|

गोरखा : प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकाको मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ ।

उत्तरी भेकको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिस गरेको छ । सोमबार बेलुकासम्म मतपेटिका ल्याइने तयारी छ। क्षेत्र नं १ अन्तर्गतका भीमसेनथापा, शहीद लखन र आरुघाट गाउँपालिकाको मतपेटिका आइतबार राति नै सदरमुकाम ल्याइसकिएको छ। 

क्षेत्र नं. १ का मतपेटिका सदरमुकामस्थित जिल्ला समन्वय समितिको हलमा राखिएको छ । क्षेत्र नं. १ को गणना त्यहीँ हुनेछ। क्षेत्र नं २ को मतपेटिका संकलन भइसकेको छ। क्षेत्र नं. २ को लक्ष्मी बजारस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.