|

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँगशुल्क नउठाउने जनाएको छ। 

कोषले रातभर आफैँ महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने बताएको हो। दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि कोषले आग्रह गरेको छ। महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाटएक हजार पाँच सय पाँचको रसिद काट्न आह्वान गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।

पशुपति क्षेत्रमा सोमबार बेलुकी र मंगलबार बिहान लाग्ने मेलाका लागि सबै तयारी पूरा भएको छ । महादीपदान गर्न आउने भक्तजनलाई असुविधा नहुने गरी तयारी अघि बढाइएको छ । 

पशुपति क्षेत्रमा अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । दीपदानको पर्व भएकाले आगलागीको सम्भावित खतरा नियन्त्रणका लागि अग्नि नियन्त्रक यन्त्रको व्यवस्था गरिएको हो। यसैगरी महादीपदान गर्न आउने भक्तजनका लागि पर्याप्त मात्रामा त्रिपालको व्यवस्था गरिएको कोषले जनाएको छ। 
 
पितृका नाममा आज बेलुकी महादीपदान गर्ने भक्तजनले भोलि बिहान सद्गतिको कामना गर्दै पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्नेछन् । पशुपति क्षेत्रमा लाग्ने वर्षभरका ठूला मेलामध्ये बाला चतुर्दशी मेला एक हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.