|

हुम्ला : हिमाली जिल्ला हुम्लामा मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ। सदरमुकामभन्दा टाढा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन असहज भएपछि हेलिकप्टर आइपुगेको हो। 

यस्तै उत्तरी नाम्खा गाउँपालिकाको तील, जाङ, हल्जिका मतदान केन्द्रबाट मतपेटिका ल्याइने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। लिमीको यी तीन मतदान केन्द्रमा यसअघि हेलिकप्टरबाट मतपेटिका, कर्मचारी, सुरक्षाकर्मी पुर्‍याइएको थियो । यारी, याल्वाङ र मुचुका मतपेटिकासमेत हेलिकप्टरबाट ओसारिने भएको हो।

लिमीको बाटो ल्यालु लेखमा बाक्लो हिउँ जमेका कारण आवतजावतमा समेत कठिनाइ छ। मतपेटिका ल्याउन असहज हुने भएपछि हेलिकप्टरबाट ल्याउने भएको हो।यस्तै दक्षिण भेगमा रहेका मतपेटिका समेत हेलिकप्टरबाट सदरमुकाम ल्याइने भएको हो। आइतबार राति सदरमुकाम आसपासका मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आइपुगेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.