|

सल्यान  : सल्यानमा मतगणना सुरु भएको छ।  दिउँसो सवा एक वजे देखि मतगणना सुरु भएको हो।  एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा एकै पटक संघ र प्रदेशको मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ। 

मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले  जिल्लाका १० स्थानीय तहमध्ये कालिमाटी गाउँपालिका र कुमाख गाउँपालिका वाट मतगणना सुरु गरिएको बताए। उनका अनुसार विहान ११ बजे मतगनना हुने भनिएपनि प्राविधिक कारण ढिलाई भएको हो। मतगणना संघ र प्रदेशको गरी चार स्थानमा गणना भइरहेको छ।  छिटो  नतिजा सार्वजनिक गर्न पनि एकै पटक मतगणना सुरु गरिएको हो।

जिल्लामा २ सय ५ मतदान केन्द्रबाट जिल्लाको सदरमुकाम स्थित मुख्य निर्वाचनको कार्यालयमा आईतबार राती ३ बजेसम्म मतपेटी आईसकेको थियो। मतगननाको लागि सोमबार बिहान ८ बजे सर्बदलिय बैठक बसेको थियो।

मतगणनाको लागि सदरमुकाम स्थित मुख्य निर्वाचन कार्यालय परिसरमा सुरक्षा कडा पारिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो। उहाका अनुसार मतदान स्थलको सुरक्षा ब्यवस्थाका लागि आवश्यक भित्री र वाहिरी  सुरक्षा प

वन्ध मिलाईएको छ। मतगणना स्थलमा तारजाली र सिसी क्यामरा जडान गरिएको  छ। 

यसैबिच मतगनना ११ बजे सुरु हुने भनेपछि जिल्लाको सदरमुकाममा पार्टीका कार्यकर्ताहरुको भिड लाग्न थालेको छ। जसका कारण चहलपहल बढेको छ। सल्यानमा भएको प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा कुल मतदाता १ लाख ५७ हजार ७ सय १ मतदाता रहेको सल्यानमा ८४ हजार २२ ले मतदान गरेका थिए। कुल मतदातासंख्याको ५३.२३ प्रतिसत रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.