|
फाइल तस्विर

इलाम : प्रतिनिधिसभा र प्रदेशसभाका लागि सम्पन्न निर्वाचनको मतगणना इलाममा शुरु भएको छ।

इलाम क्षेत्र नं  २ को मतगणना सदरमुकामस्थित सिटीहलमा शुरु भएको हो। 

आइतबार सम्पन्न निर्वाचनमा इलाम २ मा १ लाख १५ हजार ९५२ मतदातामध्ये ५९ हजार १३६ मत खसेको थियो। प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभातर्फ क्षेत्र-२ (क) को प्रत्यक्ष र समानुपातिकको गणना भइरहेको हो।

जिल्लाभर ५७ दशमलव ४४ प्रतिशत मत खसेको हो। इलाम १ भने अझै मतगणना शुरु भएको छैन। फिक्कलस्थित सूर्योदय नगरपालिकाको भवनमा मतगणनाको तयारी भइरहेको छ।

इलाम १ मा १ लाख ९ हजार ५३७ मतदातामध्ये ५९ हजार ९०६ मत खसेको थियो। हिजो भएको मतदानमा जिल्लामा ५२ दशमलव ९३ प्रतिशत मत खसेको थियो। इलाममा प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.