|

इण्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा ४६ जनाको मृत्यु भएको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार पश्चिम जाभा प्रान्तको सियानजुर क्षेत्रमा केन्द्रबिन्दु भएर आज ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा ४६ जनाको मृत्यु भएको हो।

भूकम्पपछि मच्चिएको भागदौडमा ७ सय जनाभन्दा बढी घाइते भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पबाट दर्जनौं घर क्षतिग्रस्त भएका छन्।

नागरिकहरूलाई सुरक्षाकर्मीको सहयोगमा खुल्ला स्थानमा पठाइएको छ। भूकम्पपछि इण्डोनेशियाको सियानजुर वरपर धेरै ठाउँमा पहिरो गएको छ।

इस्लामिक बोर्डिङ स्कुल, अस्पताल र अन्य सार्वजनिक भवनहरू क्षतिग्रस्त भएका छन्। हताहत र क्षतिको विवरण संकलन भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ।

भूकम्पले राजधानीका अग्ला भवनहरू ३ मिनेटभन्दा बढी हल्लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.