|

उदयपुर : उदयपुर क्षेत्र १ को १ हजार मत गणना हुँदा कांग्रेसका डा नारायण खड्काले अग्रता लिएका छन्।

खड्काले ४०४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले ३८७ मतले पछ्याइरहेकी छन्।

त्यसैगरी तेस्रोमा राप्रपाका धुव्रकुमार रायमाझीले ५१ मत पाएका छन्। चौथोमा जसपाका गोपाल राईले ४६ मत पाएका छन्।

उदयपुर निर्वाचन क्षेत्र १ प्रतिनिधिसभामा ७६ हजार ७५६ मत खसेको छ। जिल्लाको क्षेत्र २ मा पनि मतगणना शुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.