|

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलको दोस्रो खेलमा इंग्ल्याण्डले इरानमाथि ३ गोल गरेको छ। इरानमाथि खेलको शुरुदेखि नै दबाब कायम गरेको इंग्ल्याण्डले पहिलो हाफमा ३-० को अग्रता लिएको हो। 

३५ औँ मिनेटमा इंग्ल्याण्डका जुड बेलिङ्गमले पहिलो गोल गरेका थिए। त्यसपछि ४३ औँ मिनेटमा बुकायो साका र थप समयमा रहिम स्टर्लिङले १/१ गोल गर्दै इंग्ल्याण्डलाई ३-० को अग्रता दिलाएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.