|
फाइल तस्बिर

लमजुङ : आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत लमजुङमा जारी मतगणनामा नेकपा एमालेको उम्मेदवारले अग्रता लिएका छन्।

प्रतिनिधिसभातर्फ नेकपा (माआवादी केन्द्र) का  उम्मेदवार देवप्रसाद गुरुङभन्दा नेकपा (एमाले) का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ ४२१ मतले अघि रहेका छन्। ४ हजार ९०४ मतगणना हुँदा उक्त मतले निर्वतमान मुख्यमन्त्री गुरुङले शुरुवाती अग्रता लिएका हुन्।  

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार एमालेका गुरुङले २ हजार ५९८ मत प्राप्त गरेका छन्।

गठबन्धनतर्फबाट माओवादीका उम्मेदवार गुरुङले २ हजार ८७ मत प्राप्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसीले ६७ मत प्राप्त गरेका छन्। जिल्लामा १ लाख ३३ हजार ५ सय ५९ मतदातामध्ये ८० हजार नौ सय १७ मत खसेको छ। 

जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एउटा र प्रदेशसभा निर्वाचन क्षेत्र २ वटा रहेका छन्।

प्रदेशसभा ‘क’ मा एमालेका जमिन्द्रमान घलेले ३७० मत प्राप्त गर्दा गठबन्धनका कांग्रेसका उम्मेदवार डा टकराज गुरुङले ५७१ मत प्राप्त गरे।

प्रदेश ‘ख’ तर्फ एमालेका उम्मेदवार कृष्णप्रसाद अधिकारीले १ हजार ४६६ मत प्राप्त गरेका छन्। गठबन्धनबाट कांग्रेसका उम्मेदवार भेषबहादुर पौडेलले ७२८ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.