|

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा इंग्ल्याण्डले विजयी शुरुवात गरेको छ। समूह चरणको पहिलो खेलमा इरानलाई ६-२ ले हराउँदै इंग्ल्याण्डले विजयी शुरुवात गरेको हो। 

खेल शुरु भएको ३५ औँ मिनेटमा इंग्ल्याण्डका जुड बेलिङ्गमले पहिलो गोल गरेका थिए। त्यसपछि ४३ औँ मिनेटमा बुकायो साका र थप समयमा रहिम स्टर्लिङले १/१ गोल गरेपछि इंग्ल्याण्डले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो। 

६५ औँ मिनेटमा इरानका मेहदी तरेमीले आफ्नो टोलीका लागि पहिलो गोल गर्दा इंग्ल्याण्डको ४ गोल भइसकेको थियो।

त्यसअघि इंग्ल्याण्डका बुकायो साकाले प्रहार गरेको बल इरानकै खेलाडीको खुट्टामा लागेर जाँदा खेलको चौथो गोल भएको थियो।

दोस्रो हाफमा मैदान गरेका मार्कस रसफोर्डले इंग्ल्याण्डका लागि पाँचौँ तथा ९० औँ मिनेटमा ज्याक ग्रिलिसले छैटौँ गोल गरेका थिए। भने थप समयमा मेहदीले नै पेनाल्टीमार्फत आफ्नाे र टिमकाे लागि दाेस्राे गाेल गरे।

योसँगै समूह बी मा पहिलो जित दर्ता गराउँदै इंग्ल्याण्ड बलियो अवस्थामा पुगेको छ। समूह बी मा इरान र इंग्ल्याण्डबाहेक वेल्स र अमेरिका रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.