|

काठमाडाैं : कतारमा जारी विश्वकप फुटबलको आजको अन्तिम खेलमा मध्यरातमा वेल्स र अमेरिका प्रतिस्पर्धा गर्दै छन्। ६४ वर्षपछि विश्वकपमा छानिएको वेल्स नकआउट चरण पुग्न अमेरिकालाई हराउने लक्ष्यमा रहनेछ।

अहमद बिन अली स्टेडियममा हुने समूह बी को खेलमा दुवै टिम एकअर्का विरुद्ध स्वाभाविक रुपमा आफ्नो दबाब कायम गर्ने प्रयासमा हुनेछन्। मध्यराति १२ बजेर ४५ मिनेटमा शुरु हुने खेल दुवै टिमका लागि नकआउटको आधारका रुपमा रहनेछ।

सन् १९५८ पछि पहिलो पटक  वेल्स विश्वकपमा छनोट भएको हो। वेल्सका कप्तान ग्यारेथ बेल आफ्नो लागि समेत महत्वपूर्ण प्रतियोगितामा छनोट भएर खेल्न पाउँदाको खुशी लम्ब्याउने चाहना राखेका छन्।

अमेरिका सन् २०१४ पछि पहिलो पटक विश्वकपमा छनोट भएकाले उसका लागि पनि यो प्रतियोगिता सम्झनलायक बनाउनुपर्ने चुनौती छ।​ 

वेल्स र अमेरिकाबीच अहिलेसम्म २ पटक प्रतिस्पर्धा भएको छ तर विश्वकपमा दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिको दुई भेटमा सन् २००३ मा अमेरिकाले वेल्सलाई २-० ले हराएको थियो भने २०२० मा भएको खेल गोलरहित बराबरीमा राेकिएकाे थियाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.