|

काठमाडौं : समूह चरणको तेस्रो खेलमा नेदरल्याण्ड्सले सेनेगललाई २ ० ले हराएको छ। सोमबार राति भएको खेलमा सेनेगललाई हराउँदै नेदरल्याण्ड्सले विश्वकपको सुखद सुरुवात गरेको हो। 

प्रतिस्पर्धात्मक खेलमा अन्तिमको १५ मिनेटमा नेदरल्याण्ड्सले २ गोल गरेको थियो। नेदरल्याण्ड्सका लागि ८४ औँ मिनेटमा कोडी गोक्पोले पहिलो गोल गरेका थिए। निर्धारित ९० मिनेटपछि थपिएको ८ मिनेटको अन्तिम सेकेन्डमा डेविक्लेसनले अर्को गोल गर्दै नेदरल्याण्ड्सलाई २ ० को जित दिलाएका थिए। 

यो सँगै ग्रुप ए को अंक तालिकामा नेदरल्याण्ड्स पहिलो स्थानमा उक्लिएको छ। यसअघि आइतबार राति भएको खेलमा आयोजक कतार इक्वेडरसँग २० ले नै हारेको थियो। इक्वेडर यतिवेला दोस्रो स्थानमा छ भने पहिलो खेल हारेका सेनेगल र कतार क्रमशः तेस्रो र चौँथो स्थानमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.