|

रुकुम पूर्व : रुकुुम पूर्वमा एक हजार ५८२ मतगणना हुँदा प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले अग्रता लिएका छन्। यस्तै प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार बिजुलीको बल्ब चुनाव चिह्नका सुरुल पुन मगर (अजयशक्ति)ले अग्रता कायम गरेका छन्। 

सहायक निर्वाचन अधिकृत केशव पराजुलीका अनुसार प्रतिनिधिसभामा माओवादी केन्द्रका घर्ती मगरले ९२० मत पाएका छन्। यसैगरी नेकपा एमालेका कैलाशकुमार मल्लले ४३४, स्वतन्त्र चन्द्रराज झाँक्री मगरले ५८ र नेस्नलिष्ट पिपल्स पार्टीका दलबहादुर बुढा मगरले ५७ मत पाएका हुन्।  

यसैगरी प्रदेश सभा१ मा बिजुलीको बल्ब चिह्न भएका स्वतन्त्र उम्मेदवार सुरुल पुन मगरले सुरुदेखि अग्रता कायम गरिरहेका छन् । एक हजार ५८० मतगणना हुँदा पुन मगरले ८३२, सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका तेजबहादुर ओलीले ६५८पाएको सहायक निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.