|

लमजुङ : मतगणना जारी रहँदा पछिल्लो सार्वजनिक परिणामअनुसार १७ हजार ८२८ मतगणना गर्दा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ९ हजार १०९ मत प्राप्त गरेका छन्। 

नेकपा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङले सात हजार दुई सय मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार गणना भएकामध्ये ४९७ मत बदर भएको छ। 

जिल्लामा आठ पालिकामध्ये हालसम्म क्व्होलासोथर, दूधपोखरी, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणना सम्पन्न भएको छ । जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.