काठमाडौं : काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाको जीत सुनिश्चित भएको छ।
पछिल्लो मत परिणामअनुसार करिब पाँच हजारभन्दा कम मत गन्न बाँकी रहँदा अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो।
उनीसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धा गरिरहेका छन्। हाल तीव्र गतिमा मतगणना जारी छ। गगनको जित पक्का देखेपछि विजयी जुलुसमा जुटेका छन् कार्यकर्ताहरू।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।