|

धनगढी :  पूर्वमन्त्री, नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टलाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको छ। मंगलबार बिहानै भट्टको गोदावरी नगरपालिका अत्तरियास्थित घरमै सो समूहले धम्की दिएको हो। 

आफू घरमा नरहेको अवस्थामा अत्तरियास्थित निजी निवासमै पुगेर परिवारका सदस्यलाई अज्ञात समूहले धम्की दिएको उनले बताए। भट्टका अनुसार अज्ञात समूहका आधा दर्जन बढी युवाहरू घरमा पसेका थिए। उनीहरूले घरभित्र पसेर  कहाँ छ  मन्त्री भन्दै घरमा रहेका आफ्ना परिवारका सदस्यहरूलाई दुर्व्यवहार गरिएको जनाए। 

उनले भने,‘बिहान ८ बजेको समयमा म घरमा नभएको बेला घरमा आएर मन्त्री कहाँ छ?  त्यसलाई ठीक पार्छौ भन्दै धम्की दिएछन्। म धनगढी रहेको अवस्थामा यस्तो घटना भएछ। मैले प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छु।’ लेखराज कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.