|

बैतडी :  बैतडी  प्रदेश सभा क्षेत्र नम्बर (२) मा नेपाली काँग्रेसले  अग्रता बढाउँदै गएको  छ। ११ हजार ९ सय ४७ मत गणना हुँदा काँग्रेसका शिवराज भट्टले अग्रता लिएका हुन्।  भट्टले ५ हजार ६ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलाधर भट्टले ५ हजार एकसय ३७ मत ल्याएका हुन्।  

प्रदेश सभा क्षेत्र नम्बर ( १) मा १० हजार  २ सय ३६ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले ४ हजार ३ सय २० मत प्राप्त गरेका छन्।  उनको पछिपछि रहदै  स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले २ हजार ९ सय ४३ मत पाएका छन्।   यसैगरी तेस्रो स्थानमा  नेपाली कांग्रेसका वीर बहादुर बिष्टले १ हजार ८ सय १७ मत प्राप्त गरेका छन्। 

प्रतिनिधि सभा सदस्यमा भने नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ।  ९ हजार ९ सय ७१ मत गणना हुँदा भण्डारीले ४ हजार ६ सय ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले  जानकारी दिए।  उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले चार हजार १ सय २६ मतका साथ पछ्याइरहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.