|

पर्सा : पर्सामा प्रदेश सभा सदस्य तर्फ नेपाली कांग्रेसले खाता खोलेको छ। सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका श्याम प्रसाद पटेल प्रदेश सभा सदस्यमा विजयी भएसँगै कांग्रेसले पर्सामा पहिलो खाता खोलेको हो।

कांग्रेसका पूर्व जिल्ला सचिव समेत रहेका पटेलले निकटतम प्रतिद्वन्द्वी एमाले जसपाका उम्मेदवार रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन्।

विजयी पटेलले कुल १३ हजार ७ सय ८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका जिल्ला अध्यक्ष समेत रहेका यादवले १२ हजार १ सय २७ मत प्राप्त गरेका छन्।

विजयी भए लगत्तै उनले आफ्नो छेत्रमा शिक्षा स्वास्थ्यको प्रवर्द्धनमा विशेष काम गर्ने बताएका छन्। विजयी पटेल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने पराजित यादव एमाले जसपाका साझा उम्मेदवार थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.