|

रुकुम (पूर्व) : रुकुम पूर्वको प्रदेशसभा क्षेत्र (क) मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर (अजयशक्ति) विजयी भएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली (प्रतीक) लाई बिजुलीको बल्ब चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार अजयशक्तिले पराजित गरेका हुन्।  

ओली नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य हुन् भने स्वतन्त्र उम्मेदवार पुन मगर नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य थिए। स्वतन्त्र उम्मेदवार पुन मगरले ४ हजार ४६५ मत प्राप्त गरेर विजयी भएका हुन्।

पुन मगरका निकटतम प्रतिस्पर्धी ओलीले ३ हजार ९३२ मत प्राप्त गरेका हुन्। पुन मगर ५३३ मतान्तरले विजयी भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.