|

विराटनगर  : मोरङ क्षेत्र नम्बर ५ को १ मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी भएका छन्। एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गर्दै मण्डल विजयी भएका हुन्। मण्डलले १४ हजार ८४३ मत प्राप्त गर्दा एमाले उम्मेदवार शाहले ९ हजार ४०५ मत पाए।

जीतको औपचारिक घोषणा हुन बाँकी छ। क्षेत्र नम्बर ५ को १ मा ३३ हजार ७२८ मत खसेको थियो। सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्रको प्रदेशतर्फ काँग्रेस र प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेको छ।

प्रदेशसभामा निर्वाचित भएका मण्डल कांग्रेसका महासमिति सदस्य हुन्। उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.