|

काठमाडौं :  म्यानचेस्टर युनाइटेड र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोबीचको विवादको औपचारिक अन्त भएको छ। क्लब र रोनाल्डोले सहमतिमा नै सम्झौता अन्त गरेपछि रोनाल्डोले अब नयाँ क्लब खोज्ने छन्।

मंगलबार राति क्लबले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता अन्त गरेको जनाएको छ। क्लबले रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा नै अन्त गरिएको जनाएको छ। रोनाल्डोले पनि क्लबसँग वार्तापछि नै सम्झौता अन्त गरिएको बताएका छन्।

क्लबले विज्ञप्ति जारी गर्दै भनेको छ,'उनले क्लबमा पुर्‍याएको योगदानका लागि धेरै धन्यवाद दिन चाहन्छौं। उनको र परिवारको आगामी दिन सुखद् रहोस्।'

गत सीजन युनाइटेड आएका रोनाल्डो पछिल्लो समय विवादित बयान दिएपछि उनी र क्लबबीचको सम्बन्ध थप चिसिएको थियो। प्रशिक्षक एरिक टेन हागलाई आफ्नो कुनै सम्मान नरहेको अभिव्यक्ति दिएपछि युनाइटेड उनीप्रति रुष्ट बनेको थियो।

पछिल्लो समय खराब फर्ममा रहेका रोनाल्डोले युनाइटेडमा सीमित मात्र अवसर पाएका थिए। अब रोनाल्डो कुन क्लबमा जान्छन् भन्ने कुराको तय विश्वकप पछि तय हुने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.