|

पाल्पा : पाल्पा क्षेत्र नम्बर २ मा मतगणा जारी रहँदा नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरले एकीकृत समाजजवादीका सोमप्रसाद पाण्डेसँग फराकिलो मतान्तरले अग्रता कायम राखेका छन्।

गैरेले ९ हजार ८९२ मत प्राप्त गरेका छन्। पाण्डेले सात हजार ७१५ मत प्राप्त गरेको अवस्था छ। यी दुईबीच २ हजार १७७ मतान्तर छ। १६ वटा वडाको मत गणना सम्पन्न हुँदा पाण्डेले जम्मा २ वडा वडामा मात्र झिनो मतले अग्रता कायम गरेका थिए।

बाँकी १४ वटा वडामा गैरेले नै अग्रता लिएका छन्। अहिलेसम्म बगनासकाली गाउँपालिकाका ९ वटा वडा र तानसेन नगरपालिकाको ७ वटा वडाको मत\गणना सकिएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन गैरेले ३ हजार ३७३ मत प्राप्त गरेका छन्। 

अब तानसेन नगरपालिकाका ७ वटा वडा र तीन वटा गाउँपालिकाको मत गणना हुन बाँकी छ। यस क्षेत्रमा ५४ हजार ४४९ मत खसेको थियो। 

यता क्षेत्र नम्बर १ मा पनि एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले अग्रता लिएका छन्। उनले १० हजार ७३५ मत प्राप्त गरेका छन्। गठबन्धनतर्फका नेपाली कांग्रेसबाट उम्मेदवार ज्ञानबहादुर गाहाले ५ हजार १०० मत प्राप्त गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.