गोरखा : गोरखा–१ (२) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन्। बुधबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनी १६ हजार २६१ मत ल्याएर विजयी भएका हुन्।
सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहनप्रसाद भट्टराईले सात हजार ५३३ मत प्राप्त गरेका छन्। न्यौपाने आठ हजार ७२८ मतान्तरले निर्वाचन जित्न सफल भएका हुन्।
न्यौपाने नेपाली कांग्रेस गोरखाको सभापति हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।