|

विश्वकप फुटबल साविक उपविजेता क्रोएसियाले बुधबारबाट विश्वकप यात्रा सुरु गर्दै छ। पहिलो खेलमा युरोपियन ुडार्क हर्सु क्रोएसिया अफ्रिकन प्रतिद्वन्दी मोरक्कोसँग प्रतिस्पर्धा गर्दै छ।

कतार स्थित अल बायत स्टेडियममा हुने समूह एफ को खेलमा युरोपियन राष्ट्र क्रोएसिया आफ्नो अघिल्लो विश्वकपको दबदबाबलाई पुन जाग्रित गराउन चाहन्छ। यी दुईबिचको खेल दिउँसो ३:४५ मा सुरु हुँदै छ।

मोरक्को लगातार दोस्रो र समग्रमा छैटौं पटक विश्वकप खेल्दै छ। तर मोरक्कोको भने विश्वकपमा सहभागिता भए पनि कमजोर विगत रहेको छ। रुस विश्वकपमा मोरक्कोले समूह चरण पार गर्न सकेको थिएन।

यसपटक समूहमा बलियो प्रतिद्धन्दीलाई पाखा लगाउनु पर्ने चुनौती मोरक्कोलाई रहेको छ, समूहमा क्रोएसियासँगै बेल्जियम र क्यानडा रहेका छन्।

मोरक्को र क्रोएसियाबीच दोस्रोपटक एक अर्का विरुद्ध प्रतिस्पर्धा हुन लागेको हो। यस अघिको एक भेटमा क्रोएसियाले जितेको थियो।

सन् १९९६ मा किङ हसन अन्तर्राष्ट्रिय कपको सेमिफाइनलमा दुबै टोली भिडेका थिए। खेल २-२ को बराबरीमा सकिएको थियो। पेनाल्टीमा क्रोएसिया ७-६ ले विजयी रह्यो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.