|

जुम्ला : जुम्ला प्रदेश सभा (क)मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। 

उनले ९६५४ मत ल्याई नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति तथा गठबन्धनका साझा उम्मेदवार ललितजंग शाहीलाई हराउँदै विजयी भए। 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ललितजंग शाहीले ७७५५मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए।

त्यस्तै जुम्ला प्रदेश (१)बाट निर्वाचित सांसद देवेन्द्रबहादुर शाही चन्दननाथ नगरपालिका १० वारकोटेबाडा निवासी हुन्। ६० वर्षका शाहीले जुम्लाको कर्णाली प्राविधिक शिक्षालयबाट प्राविधिक शिक्षा हासिल गरी सिटिईभिटीमा नोकरी गर्दै वि.सं २०४६ सालमा जनमोर्चामा आबद्ध थिए।

नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति स्वर्गीय मानव सेजुवालका स्कुले साथी भएकाले २०५६ सालमा काँग्रेस प्रजातान्त्रिकमा आबद्ध भएका थिए। शाही जिल्ला कोषाध्यक्ष हुँदै १२ औँ र १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भएका थिए।
उनले वि.सं २०७४ सालमा वाम गठबन्धन हुँदा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवारी समेत दिएका थिए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.