|

कतारमा भइरहेको विश्वकप फुटबलमा आज भएको दोस्रो खेलमा जापान विजयी भएको छ।

कतारको खलिफा अन्तरराष्ट्रिय रंगशालामा भएको खेलमा ४ पटकको विश्वकप विजेता जर्मनी जापानसँग २–१ बाट पराजित भएको छ।

खेलको ३३ औँ मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा जर्मनीलाई अग्रता दिलाए।

तर खेलको दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कियो। ७५ औँ मिनेटमा जापानका रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काई हार्वेत्जले गोल गरे पनि अफसाइड भएको भन्दै रेफ्रीले मान्यता नदिएपछि जर्मनी अग्रता दोब्बर बनाउनबाट चुक्यो।

यसपछि तोकुमा आसानोले खेलको ८३औँ मिनेटमा दर्शनीय गोल गरी जापानको अग्रता दोब्बर पारे। उनले गोलपोस्टको छेउबाट निकै कठिन कोणबाट जर्मन गोलकिपर म्यानुअल नुएरलाई बिट गर्दै उनको टाउकोमाथिबाट पोस्टमा छिरेको थियो।

जर्मनीले सन् १९५४‚ सन् १९७४‚ सन् १९९० र सन् २०१४ मा विश्वकप जितेको छ।

सन् २०१८ को रुस विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। त्यसैले यो पटक ४ वर्षअघिको खराब प्रदर्शन बिर्सने प्रयासमा रहेको जर्मनीलाई जापानसँगको पराजयले समूह चरणमा कठिन स्थितिमा धकेलेको छ।

जापानले सन् १९९८ बाट विश्वकपमा डेब्यु गरेको थियो। त्यसयता जापान हरेक संस्करणको विश्वकप खेल्दै आईरहेको छ। रुस विश्वकपमा समेत जापानले उत्कृष्ट प्रदर्शन गरेको थियो।

जापानले समूह चरण पार गरेको थियो भने जर्मनी पहिलो चरणबाटै घर फर्केको थियो। यस पटक पनि जापानले जर्मनीलाई पराजित गरेर पुरानो विरासत जोगाउने योजनामा एक पाइला अघि बढेको छ।

जर्मनी र जापानबीच यसअघि दुई पटक प्रतिस्पर्धा भएको छ। जसमा  सन् २००४ मा जर्मनीले जापानलाई ३-० ले  पराजित गरेको थियो भने सन् २००६ मा दुवैबीच २-२ गोलको बराबरी भएको थियो।

फिफा विश्वकपमा भने यी दुई टिमबीच प्रतिस्पर्धा भएको यो नै पहिलो पटक हो।

जर्मनी-जापानबीच आजको खेलका केही तस्वीरः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.