|

काठमाडौं : गोरखा–१ बाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईँ निर्वाचित भएका छन्।

उनी नेकपा एमालेका रामशरण बस्नेतलाई पराजित गर्दै निर्वाचित भएका हुन्। बजगाईंले ३३ हजार ४२८ मत पाए भने बस्नेतले १६ हजार ७८५ मत पाएका छन्। 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत पाएका छन्। यो क्षेत्रमा कुल ६० हजार २८२ मत खसेको थियो।

२०७४ सालको निर्वाचनमा बस्नेतसँग प्रदेशसभा सदस्यमा पराजित बजगाईंले यो गठबन्धनको बलमा उनैलाई फराकिलो मतान्तरले हराएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.