एमालेका महेश बस्नेत ९५९ मतान्तरले पराजित

|

काठमाडौं : भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन्। प्रतिद्वन्द्वी  नेकपा एमालेका महेश बस्नेतलाई ९५९ मतान्तरले हराउँदै थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

कांग्रेसका उम्मेदवार थापाले २४ हजार २३८ मत ल्याएका छन् भने बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गगरेका छन्।

यस्तै नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले पाँच हजार नौ सय ७३, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले तीन हजार सात सय ३३,  राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार तीन सय ५२ प्राप्त गरेकोनिर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए।

कुल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो। यसमध्ये दुई हजार ५३ मत बदर भएको थियो ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.