|

पाल्पा :  पाल्पा क्षेत्र नं. १ प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार राजुप्रसाद श्रेष्ठ विजयी भएका छन्।

कांग्रेसका उम्मेदवार श्यामकान्त खनालसँग पाँच हजार ३९० मतान्तरले श्रेष्ठ विजयी भएका हुन्।

श्रेष्ठले १७ हजार ६४२ मत प्राप्त गरेका छन्। खनालले १२ हजार २५२ मत पाएका छन्।

यस्तै राप्रपाका उम्मेदवार डुलबहादुर गाहाले ४३१ र मंगोल नेसनल अर्गनाइजेसनका पूर्णबहादुर रुचालले २६० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.