|

काठमाडौं :  शून्य कोभिडको अभियान चलाइरहेको चीनमा फेरि तीव्र रुपमा कोरोना संक्रमण बढेको छ। 

हिजो एकै दिन ३१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। यो तुलनात्मक रुपमा निकै ठूलो संख्या रहेको चिनियाँ अधिकारीहरुले जनाएका छन्। त्यहाँको राष्ट्रिय स्वास्थ्य ब्यूरोका अनुसार एकै दिन ठूलो संख्यामा संक्रमित थपिएपछि सरकारले विभिन्न सहरमा लकडाउन, यात्रा प्रतिबन्ध तथा खोपका कार्यक्रमलाई अघि बढाउने भएको छ। 

राजधानी बेइजिङमा लकडाउनसहित कडा प्रतिबन्ध जारी राखिएको छ। पार्क, कार्यालय भवन तथा शपिङ मलहरु बन्द गरिएको छ। बेइजिङको सबैभन्दा धेरै आबादी रहेको चाओयाङ जिल्लामा पूर्ण लकडाउन गरिएको छ। हाल ४९ सहरमा लकडाउन गरिएको छ। लकडाउनबाट ४१ करोड जनसंख्या प्रत्यक्षरुपमा प्रभावित भएको छ। 

केही प्रान्तहरुमा तीन वर्षयताकै गम्भीर अवस्था सिर्जना भएको अधिकारीहरुले जनाएका छन्। एक नोभेम्बर यता चीनमा झण्डै ३ लाखको हाराहारीमा संक्रमित थपिएका छन्। गत हप्तासम्म औषतमा दैनिक २२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.