|

काठमाडौं : प्रतिनिधि सभा निर्वाचनमा आफ्नो हार पछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीले गरेको विश्वास जोगाउन नसकेको बताएका छन्।

मकवानपुरमा हार भएपछि सामाजिक संजालमा उनले ओलीले गरेको विश्वासलाई जोगाउन नसक्दा आफू दुखी भएको बताए।

उनले लेखेका छन्, 'मलाई विश्वास गर्नुभएकोमा @kpsharmaoli लाई धन्यवाद। तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दु:खी छु। तपाईँलाई मेरो शुभकामना।'

मकवानपुर-१ मा एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका थापाले २५ हजार ४ सय २० मत पाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.