|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले रिक्त रहेको मुख्य प्रशिक्षकका लागि खुल्ला छनोटको नीति लिएको छ। एन्फाले बिहिबार राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकसहित विभिन्न ६ पदका लागि दरखास्त आह्वान गरेको हो।

एन्फाले फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको जनाएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली नेपालका प्रशिक्षकहरूले नै समाल्दै आएका थिए। 

नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाई र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई टिमको प्रशिक्षणको जिम्मेवारी दिएको थियो। 

एन्फाले टेक्निकल डिरेक्टर र फाइनेन्स डिरेक्टरका लागिसमेत दरखास्त आह्वान गरेको छ। हेड अफ प्रोक्योरमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरको पनि दरखास्त आह्वान गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.