|

काठमाडौं : धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख)मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल विजयी भएका छन्। नेकपा (एमाले) का गजेन्द्र थपलियालाई सात हजार ४२५ मतान्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका हुन्।

यो प्रदेशसभा निर्वाचन क्षेत्रमा कुल ३५ हजार ९०५ मतगणना हुँदा प्रारम्भिक मतपरिणामअनुसार जम्कट्टेलले १९ हजार ९०३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका थपलियाले १२ हजार ४७८ मत प्राप्त गरेका छन्।

जम्कट्टेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनले बागमती प्रदेश सरकारमा दुईवटा मन्त्रालय समालिसकेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.