|

संखुवासभा : संखुवासभामा प्रतिनिधिसभा सदस्य मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काको अग्रता लिइरहेका छन्। काँग्रेसका खड्काले १८,०२२ मत पाएका छन्। नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतमले १४,२५८ प्राप्त गरेका छन्।

बिहीवार साँझको पछिल्लो मत परिणाममा खड्का एमाले गौतमभन्दा ३,००७ मतान्तरले अगाडि छन्। प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा गठबन्धनका तर्फबाट दीपक खड्का र नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।

त्यसैगरी प्रदेशसभा (१) नेकपा एमालेका भवीश्वर गुरुङले अग्रता लिएका छन्। एमालेका गुरुङले १२,२१४ मतले अग्रता लिएका छन्। माओवादी केन्द्र राजेन्द्र कार्की १२,१३६ मत ल्याएका छन्।

प्रदेशसभा (२) तर्फ भने नेकपा एमालेका विदुर सुब्बा लिङ्थेप ६,८९१ ल्याएर अग्रता लिएका छन् भने एकीकृत समाजवादी सरिता खड्का ६,२११ मत प्राप्त गरेकी छन्।

जिल्लामा १,१७,५५४ मतदातामध्ये ६५,८९२ मत खसेको थियो। संखुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेका छन्। प्रदेश तथा प्रतिनिधिसभा सदस्यका २९ जना उम्मेदवार चुनावी मैदानमा थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.