|

बारा : जिल्लाको क्षेत्र नं. ३ मा प्रतिनिसिसभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छिन्। साह दुई हजार ९८२ मतान्तरले निर्वाचित भएकी हुन्।

एमाले पोलिटब्यूरो सदस्य समेत रहेकी साहले २० हजार २५१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जनता समाजवादीका रामबाबु कुमार यादवले १७ हजार २६९ मत प्राप्त गरेका छन् ।

पार्टीको मधेश प्रदेश अध्यक्ष समेत रहेका यादव २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित सांसद हुन्। यादवलाई पराजित गरेकी साह  २०७४ सालको निर्वाचनमा ३(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

यो क्षेत्रमा गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार लालबाबु सिंहले ११ हजार ९६४ मत प्राप्त गरेका छन् । त्रिपक्षीय भिडन्तमा साहले जित हासिल गरेकी हुन् ।

साह बाराबाट निर्वाचित हुने एक मात्रै महिला सांसद हुन् । मधेस प्रदेशको सबै जिल्ला र क्षेत्रमा तालमेल गरेको एमालेले बारा ३ मा भने जसपासँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्दै साहलाई उम्मेदवार बनाएको थियो ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.