|

विराटनगर : प्रतिनिधिसभाको भोजपुर निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन्।

प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई हराउँदै किराती विजयी भएका हुन्। किरातीले २८ हजार ५७८ मत प्राप्त  गर्दा एमालेका शेरधन राईले  २६ हजार १९३ मत पाए।

२०५६ को निर्वाचनमा किराती २८ वर्षको उमेरमा (कान्छा) सांसद बनेका  थिए।   शेरधनले २०७० को निर्वाचनमा  भोजपुर २ बाट  सुदनलाई पराजित गरेका थिए। 

किरातीको जीतसँगै ​शेरधन चौथो पटक सांसद बन्न पाएनन्। उनी प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री बनिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.