|

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन्।

नेकपा एमालेका उमाशंकर अरगरियालाई १५७ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

यादवले २० हजार  ११२ मत प्राप्त गरे भने अरगरियाले १९ हजार ९५५ मत पाए। त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका रामचन्द्र झाले १३ हजार ६०५ मत हासिल गरे।

जनता समाजवादी पार्टी (जसपा) नेपालका गंगाराम यादवले १२ हजार ९०१ मत प्राप्त गरे। यस्तै जनमत पार्टीका जयनारायण साहले ९ हजार ९९२ मत पाए।

विजयी यादव २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।
उनी ९ महिना  कृषिमन्त्री पनि भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.