|
प्रतीकात्मक तस्विर

चितवन : भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ। 

मृत्यु भएका पुरुषको पहिचान भने नखुलेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुरका ३८ वर्षीय तलिस खानले चलाएको एचआर ५५ एक्स १४८२ नम्बरको भारतीय ट्रकले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो।

गम्भीर घाइते भएपछि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.