|

काभ्रे : नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा जितको नजिक पुगेका छन्।

पछिल्लो मतपरिणाम अनुसार प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ४ हजार ७२७ मतले पछि पारेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब नौ हजार १०३ मत गणना हुन बाँकी छन्।

अहिलेसम्म सम्म ९३ हजार ९९७ मतगणना हुँदा बाँस्कोटाले ४१ हजार ४४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंको ३६ हजार ७१८ मत रहेको छ।

कुल मतदाता संख्या १ लाख ५७ हजार ४४२ जना रहेको यो क्षेत्रबाट मंसिर ४ गते सम्पन्न निर्वाचनमा एक लाख ३ हजार ३९१ मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.