|

संखुवासभा : संखुवासभाबाट प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की (नविन) निर्वाचित भएका छन्। माओवादीका कार्कीले १३ हजार ४ सय ३३ मत ल्याएर निर्वाचित भएका छन्।

नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार ३ सय ९९ मत ल्याएर पारजीत भएका हुन्। कार्की ३४ मतको झिनो मतान्तरले बिजयी बनेका हुन्। संखुवासभामा पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार ५०४ मत खसेको थियो।

विजयी कार्की माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संखुवासभा इन्चार्जसमेत हुन्। कार्की पाँच दलिय गठबन्धनका उम्मेदवार हुन्। प्रतिनिधिसभातर्फ एक र प्रदेशसभा तर्फ दुई क्षेत्र रहेका छन्। संखुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा(२) को मतगणना जारी छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.