|

काठमाडौं : इलामको एक क्यान्सर रोग पीडित महिलाले उपचारको लागि आर्थिक सहयोगको याचना गरेकी छिन्। इलामको चुलाचुली गाउँपालिका-५ बुकुवाका कुलमाया राईको उपचारको लागि आर्थिक अवस्था अत्यन्तै कमजोर भएपछि उनी र उनका परिवारले आर्थिक सहयोगको लागि अपिल गरेका हुन्। 

उनका ज्वाइँ अर्जुन राईका अनुसार कुलमायाको दाहिने कानको मुनीबाट क्यान्सर पलाएर बाहिरै निस्किएको छ। बाँसको टाटीले बेरेर श्रीमानसँग बस्न बाध्य छिन्।

‘उपचार नपाएर रोगसँग अहिलेसम्म लडिरहनु भएको छ,डाँडा र पहाडी क्षेत्रको थोरै जग्गा भए पनि बेच्न खोज्दा भाउ र मान्छे पाइएन,उहाँले सबै जनालाई आफूलाई बचाइदिन आर्थिक सहयोग गरिदिन अनुरोध गर्नुभएको,’उनले भने।

बिरामीलाई सहयाेग गर्न चाहने व्यक्तिले (९८५२६३५७१७) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.