|

रौतहट : रौतहटका सबै क्षेत्रमा नेकपा एमाले पराजित भइरहेका वेला रौतहट क्षेत्र नं २ को (क) प्रदेशसभा सदस्यमा मोहम्मद जैद राजा (आलम) विजयी भएका छन्।

२५ वर्षीय जैद आलम यसअघिको स्थानीय निर्वाचनमा मेयर पदमा पराजित भएका थिए।

राजपुर नगरपालिकाको मेयरमा पराजित जैद अहिले प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन्। जैदले १३,५३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार नागेन्द्र सिन्हाले ६,८७२ मत प्राप्त गरे।

६,६६० मतान्तरले विजयी भएका जैद पूर्वमन्त्री स्व. मुस्ताक आलमका छोरा हुन्। जैदले त्यस क्षेत्रको समृद्धि र आमूल परिवर्तनका लागि काम गर्ने बताएका छन्। 

‘निर्वाचित क्षेत्रमा विकासका धेरै काम गर्नु छ’, जैद भने, ‘विकासका मामलामा यो क्षेत्र धेरै पछाडि छ, युवा जोशका साथ राजनीतिमा आएको छु। बुवाका धेरै सपना थिए। म पूरा गर्न आजैदेखि लाग्छु।’

उनी रौतहटमा विजयी हुनेहरूमा सबैभन्दा कान्छा हुन्। रौतहटमा प्रतिनिधिसभा तर्फ एमाले एउटा सिट पनि जित्न सकेको छैन। प्रदेशसभामा पनि एमालेबाट जैद मात्रै विजयी भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.