|

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री गोविन्द लाल संघईको अध्यक्षतामा शुक्रबार वीरगंजमा बसेको हो।

यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ। लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७७÷७८ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरिएको छ।

त्यसैगरी, साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको १५.७८९५% दरले हुन आउने रु. १ अर्ब २९ करोड बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।

आ.वं २०७८÷७९ को लागि एसएआर एशोसिएट्सलाई लेखापरीक्षकको रुपमा पुनर्नियुक्ति गर्दै संचालक समितिले गरेको स्वतन्त्र संचालक श्रीमती पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.