|

गुल्मी : गुल्मी जिल्ला क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे निर्वाचित भएका छन्। पाण्डेले १५,१२७ मत ल्याएर प्रदेशसभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।

उनका प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका सुदर्शन बराल १४,२६३ मत ल्याएर पराजित भएका हुन्। पाण्डे ८६४ मतान्तरले विजयी भएका हुन्।

पाण्डेसँग पराजित बराल २०६४ सालमा गुल्मी १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। बराल २०७४ सालमा वाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.