|

बारा : बारा क्षेत्र नं.२ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

अन्तिम मतपरिणाम अनुसार यादवले १३ हजार ८२२ मत प्राप्त गरेका छन्।  निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरे। उनीहरूबीच ३५४ मतान्तर छ।  

स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो भए। बारा–२ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.