|

त्रिशूली : नुवाकोट क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन्। सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार तामाङ २६ हजार ५४८ मत ल्याएर विजयी भएका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले २३ हजार ४६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए। तामाङ तीन हजार ११२ मतान्तरले विजयी भएका हुन्।

पूर्वमन्त्री तामाङ यसअघि २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। यो निर्वाचन क्षेत्रमा तीन स्वतन्त्रसहित १७ उम्मेदवार थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.