|

पहिलो खेलमा रवाफिलो प्रदर्शन गरेको इंग्ल्याण्ड विश्वकपको दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको छ। कतार विश्वकप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा इंग्ल्याण्ड अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको हो।

अल बायत स्टेडियममा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएका राम्रा अवसर सदुपयोग गर्न सकेनन्। अमेरिकाविरुद्ध बल पोसेसनमा पकड जमाए पनि इंग्ल्याण्ड गोल गर्न असफल रह्यो।

इंग्ल्याण्डविरुद्ध अमेरिका पहिलो हाफमै गोलको राम्रो मौकाबाट चुक्यो। क्रिस्टियन पुलिसिचको प्रहार पोलमा लाग्दा सम्भावित अग्रताबाट अमेरिका चुकेको थियो। बराबरीसँगै इंग्ल्याण्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेको छ।

समूह बीमा रहेको इंग्ल्याण्डले २ खेलमा ४ अंक जोडेको छ। ऊ समूहको शीर्ष स्थानमा छ। दुई खेलमा दुई अंक जोडेर अमेरिका तेस्रो स्थानमा छ। पहिलो खेलमा इरानलाई ६–२ गोल अन्तरले पराजित गरेको इंग्लिस टिमले महत्त्वपूर्ण तीन अंक हासिल गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.