|

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जनकपुरधाम उपमहानगरपालिकाका नगर अध्यक्ष मनोज चौधरीले पार्टीबाट राजीनामा दिएका छन्।

नगर अध्यक्ष चौधरीले पार्टीको केन्द्रीय कार्यालयमा राजीनामा पत्र दिँदै पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झाप्रति आभार व्यक्त गरेका छन्।

राजीनामा पत्रमा उनले सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा धनुषा क्षेत्र नं. ३ र ३ (ख)मा पार्टीका उम्मेदवार पराजित भएकाले नगर अध्यक्षको हैसियतले पराजय भएको कमी कमजोरीलाई अरूलाई दोष लगाउनुभन्दा आफैँ नैतिक रूपमा स्वीकार गर्दछु र क्षमा याचनाका साथ आजैको मितिदेखि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जनकपुरधाम उपमहानगरपालिकाको नगर कमिटीको अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.